कोशी पहाडका ४ जिल्लामा अपराधिक मुद्धा धेरै
धनकुटा खबर, भदौ २८ । उच्च अदालत विराटनगरको धनकुटा इजलासमा कोशी पहाडका चार जिल्लाबाट अपराधिक घट्नाका मुद्धा धेरै दर्ता भएका छन् ।
इजालसले बुधबार गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम गरेर धनकुटा लगाएत तेह्रथुम, संखुवासभा र भोजपुरबाट परेको मुद्धाको बारेमा जानकारी दिंदै उक्त जानकारी दिएको छ ।
चालु आर्थिक बर्षमा दर्ता भएका कुल २ सय वटा मुद्दा मध्ये ५७ वटा मद्दा सरकारबादी फौजदारी (जर्बजस्ती करणी, बच्चा जन्माएर फाल्ने, शरीर बन्धक, अपहरण, बेचविखान, कर्तब्य ज्यान मुद्दा रहेको छ ।
त्यस्तै दुनियाबादी फौजदारी (कुटपिट, लुटपाट र गाली बैइजती) मुद्दा ९ वटा रहेको छ । त्यसैगरी दुनियाबादी देवानी (लेनदेन, अंश, साँधसिमा, जालसाँजी) मुद्दा १३ वटा, रिट निवेदन २० वटा र साधक मुद्दा १ वटा दर्ता रहेको छ ।
अपराधका घट्नाहरु मिलापत्र नहुने भएकाले अदालतमा मुद्दा धेरै दर्ता भएको धनकुटा ईजालसका न्यायधिस उमेसशंकर सिंहले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष दर्ता भएको ३ सय ६६ वटा मुद्दामा पनि अपराध संग सम्बन्धित सरकारीबादी फौजदारी मुद्दा २ सय १० वटा दर्ता भएको ईजलासले जानकारी दिएको छ ।


