खड्काद्वारा पुनःबहालीको माग गर्दै रिट

काठमाडौँ, ४ असोज । सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेका गोपालबहादुर खड्काले आफूलाई पुनःबहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आपूर्ति मन्त्रालय लगायतलाई विपक्षी बनाई खड्काले वारिस मोतीलाल तामाङमार्फत दायर गरेको निवेदनमा आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनःबहाली गर्न माग गरिएको छ ।

निवेदनमा भनिएको छ, “कुनै पनि विषयको आरोप लगाएर सुनुवाइको मौका नदिई विभागीय मन्त्रीको ठाडो आदेशमा हटाइएको छ, जुन गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।”

निगमको जग्गा खरिदका विषयमा अनियमितता गरेको आरोपमा मन्त्रिपरिषद् बैठकले खड्कालाई सोमबार पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा आज खड्का अदालतमा निवेदन लिएर आउनुभएको हो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।