महानचाड दशैं मनाउन भारतबाट घर फर्केका नेपालीहरु सीमामा निर्लज्जताका साथ लुटिदै
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट दशैका लागि घर फर्कने नेपालीहरुको ठूलो भीड लाग्ने गरेको छ । आजभोलि दैनिकजसो दुई देखि तीनहजारको संख्यामा नेपालहीरु घर फर्किने गरेका छन् । दशैको लागि घर खर्च जुटाउन भारत गएका नेपाली घर फर्कदै गर्दा सीमामै भारतीय प्रहरी तथा टाँगा व्यवसायीहरुले लुट्ने गरेका कारण उनीहरु खुसीमा तुषारापात हुने गरेको छ ।
भारतका बिभिन्न शहरमा काम गर्न गएका नेपालीहरु यसरी हरेक बर्ष दशैमा घर फर्किनछन् । दशैमा घर फर्कदा उनीहरुमा खुसी उत्साह छाउने गरेको छ । आफन्त र चाडबाडमा मीठो मसिनो तथा राम्रो लुगा कपडा लगाउनका लागि भारतमा ज्याला मजदुरी गर्न गएका नेपालीहरु भारतीय व्यापारी, कष्टमका प्रहरीले र टाँगा व्यवसायीहरुले लुट्ने हुँदा दशैमा खुसी हुदै आएका नेपाली बर्षेनी निराशा हुँदै खल्लो दशै मनाउन बाध्य हुन्छन् । नेपालीहरु बर्षेनी लुटिदा पनि उनीहरुलाई सुरक्षा दिन नेपाली प्रशासनले वास्ता नगरेको उनीहरुको गुनासो छ ।
साथै भारतीय कष्टममा बिनाकारण जनही एक सय देखि ६ सय रुपैया लिने पीडितले बताएका छन् । शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय गड्डाचौकीका डिएसपी पे्रम प्रसाद पाण्डेयले आफुहरुले यात्रुहरुले सास्ती नपाउन भन्नका लागि पहल गरिरहेको र भारतीय कष्टमका अधिकारीहरुसंग पनि छलफल गर्ने गरेको भन्दै यसको समाधानका लागि माथिल्लो तहबाटै दुइ देशका सरकार बिच छलफल आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।
दशैको भीडभाडको समयमा बिभिन्न नसालु पदार्थको सेवन गराएर नेपालीहरुलाइ लुटने घटनाक्रम समेत रोकिएको छैन् । सीमामा नेपाली लुटिनु नौलो होईन यो परम्परा नै बनिरहदा भारतीय लुटेराहरु नेपाली लुट्न संगठति रुपमा नै लागिरहेका छन् ।


