पोखरा स्थित सेती नदीको खोचमा खसेका व्यक्तिको यसरी गरियो उद्दार – हेर्नुहोस् भिडियो

कास्की । पोखराको सेती नदी खोचमा परेका २२ वर्षका मनोज सुनारको उद्धार गरिएको छ । पृथ्वीचोकको बसपार्क स्थित कृष्णटोलका मनोजलाई सोमबार बिहान सुरक्षाकर्मीको टोलीले झण्डै साढे दुई घण्टाको प्रयासमा उद्धार गरेको हो ।

पृथ्वीचोकको चाइना पुल भन्दा दक्षिणतर्फ अर्थात रंगशालाको पश्चिमपट्टिको भागको सेतीनदी खोचमा पुगेका सुनारलाई पुलमा हिँड्ने बटुवाले देखेर प्रहरीलाई खवर गरेका थिए । त्यसपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल परिचालन भएको थियो । मनोजको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।

उद्धारमा खटिएको सुरक्षाकर्मीले मनोजलाई भेट्दा सामान्य बोलचाल गरे पनि केही समयपछि वेहोस भएपछि उपचारका लागि अस्पताल लगिएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका ५ बजेसम्म घरमै रहेका सुनार ५ बजे पछि घरबाट बेपत्ता भएका उनका बाबु दिपक सुनारले बताए । गएको १७ वर्षदेखि पोखरामा मजदुरी गर्दै आएको सुनार परिवारको एक्लो छोरा बेपत्ता हुँदा घरमा रुवावासी चलेको थियो ।

मनोजकी श्रीमती रोजगारको शिलशिलामा विदेशमा रहेको परिवारले बताएका छन् । सुनार सेती खोचमा कसरी पुगे भन्ने बारेमा केही खुलेको छैन ।

उद्धारमा पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण पार्दीको रेस्क्यू टोली, पोखराको मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल, कालिका गणको क्षेत्रीय विपद् व्यवस्थापनको टिम र नेपाली सेनाको कालिभन्जनको रेस्क्यू टिम समेत खटिएको थियो।

https://youtu.be/gbokwUau_g0



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖