प्रचण्डद्वारा यसपालि पनि दशैंको टिका बहिष्कार
काठमाडौँ, १३ असोज । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबर्ष पनि दशैंमा टिका नगलाउने भएका छन् ।

निरन्तर दशैंको टिका बहिष्कार गर्दै आएका प्रचण्डले यसपटक पनि टिका नलगाउने भएका हुन् । टिका नलगाए पनि परिवारका सदस्यहरुसँग घुमघाम र आराम गरिरहेका छन् । साथै, राजनीतिक भेट र आगामी चुनावको योजना बनाउन पनि व्यस्त रहेको प्रचण्डको सचिवालय स्रोतले जनायो ।
यसअघि प्रधानमन्त्री भएका बेलामा समेत टिका बहिष्कार गरेपछि प्रचण्डको चर्को आलोचना भएको थियो । बडादशैंको महत्वपूर्ण दिन शनिबार स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले ठूलाबाट आर्शिवादका रुपमा टिका र जमरा लगाउँदै छन् ।


