निर्वाचनपछि राजनीतिक संघर्ष समाप्त हुनेछ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

वडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उहाँले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताउनुभएको छ ।

‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि गाउँ र नगरको विकास र समृद्धिको ढोका पनि खोलेको छ, जननिर्वाचित प्रतिनिधिहरुले संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकारको सही ढंगले प्रयोग गर्न सकेमा मुलुकको आर्थिक विकास र समृद्धि सुनिश्चित छ,’ अध्यक्ष ओलीले.सन्देशमा भन्नुभयो — ‘स्थानीय तहको निर्वाचनले आधारभूत तहमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ, प्राकृतिक र सांस्कृतिक विविधताको धनी हाम्रो मुलुकमा विकासको प्रचुर सम्भावना छ । हामी बीचको एकता, राष्ट्रिय स्वाभिमान र दूरदर्शी नेतृत्वको मात्र खाँचो छ । ’

अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलतः समाप्त हुने र आर्थिक विकासको चरणमा प्रवेश गर्ने बताउँदै ती निर्वाचनमा मुलुकलाई दु्रतत्तर विकासको मार्गमा अगाडि बढाउन सक्ने, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानको पक्षमा प्रष्टसँग उभिनसक्ने तथा मुलुकलाई स्थिर र समृद्ध बनाउन सक्ने इमान्दार र स्वच्छ जनप्रतिनिधिलाई चुन्न आग्रह गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।