विजयादशमीका दिन सर्वसाधारणलाई नेपाली सेनाले दियो बसको यस्तो सुविधा…
काठमाण्डौ, १४ असोज । नेपाली सेनाले विजयादशमीका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
टीकाको दिन सार्वजनिक सवारी साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि भनेर नेपाली सेनाले निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार काठमाण्डौको विभिन्न आठ रुटहरुमा सेनाको बस सञ्चालनमा आएको हो । निर्देशनालयका अनुसार विहान साढे ६ बजे र ११ बजे तथा अपरान्ह ४ बजे भद्रकालीबाट आठ रुटमा बसहरु छुट्नेछन् ।
बसको रुट यस्तो छ ।
रुट नं.१. भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।
रुट नं. २. भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।
रुट नं. ३. भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।
रुट नं. ४. भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।
रुट नं. ५. भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।
रुट नं. ६.भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।
रुट नं. ७. भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।
रुट नं. ८.भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।
– लाईटनेपाल ।


