प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि लुम्विनीलाई

पाल्पा, २३ असोज । सदरमुकाम तानसेनमा सञ्चालित प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी क्रिकेट क्लब कपिलवस्तुले जितेको छ ।

आज भएको फाइनलमा लुम्बिनीले प्रोफेसलन क्रिकेट क्लब पाल्पालाई एक सय रनले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको लुम्बिनीले १८ ओभर चार बलमा सबै विकेट गुमाउँदै १५० रन बनायो ।

पहिले ब्याटिङमा उतेको लुम्बिनी क्रिकेटका लागि मैनुद्धिन खाँन काजुले ३५ रन, सुद्धिन खान २५ र अहमत खानले १८ रनको योगदान दिए । मैनुद्धिन खान र वैदुलन खानले ३–३ विकेट लिए ।

एक सय ५१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा प्रोफेसनलले १५ ओभरमा सबै विकेट गुमाउँदै ४९ रन मात्र बनायो । प्रोफसेनलका अजय सुवेदीले चार र सुरेश थापाले तीन विकेट लिए । विजेता लुम्बिनीले रु ६० हजार र उपविजेता प्रोफेसनलले रु ३० हजार पुरस्कार प्राप्त गरे । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।