चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर । भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन् । तस्बिरः कृष्ण आचार्य/रासस
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तानमा ढाका कपडा बुन्दै उद्यमी महिला ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिरः
धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ८ स्थित निर्माणाधिन बैकुण्ठे-घामे जोड्ने झोलुंगे पुल तस्बीह : पाख्रिबास ८ वडा अध्यक्ष
तुलसीपुर–१भमके निवासी नब्बे बर्षीय प्रेमबहादुर डाँगी सोही वडाको बीरेन्द्र मावि भ्यूडहर सुनपुरमा कक्षा १का बालबालिकासंगै कक्षा कोठामा पढाई गर्नुहुँदै । तस्बिर ः दीपक बोहरा/रासस
माइकोपिला समुद्र सतह देखि ६ हजार मिटर उच्चाईमा पर्ने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको लुम्बासुम्बा क्षेत्रमा फेला परेको माइकोपिला । माइकोपिला अन्य बोट विरुवा तथा घाँसपात समेत नहुने उच्च हिमाली क्षेत्रमा मात्र
लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरेमा कोदो रोप्दै किसान । जिल्लामा हालसम्म करिब ७०÷८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ । तस्बिरः जनक श्रेष्ठ/रासस
कमलको फूल घोराही उपमहानगरपालिका– १३ डुम्बरगाउँका स्थानीय महिला तुरुन्तपुरस्थित खेतमा फूलेको कमलको फूल टिप्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस
श्रृङ्गारे सर्प घोराही उपमहानगरपालिका–१८ मसिनास्थित स्थानीयको घरभित्रबाट उद्धार गरेको अविषालु श्रृङ्गारे सर्प । विषालु करेत सर्पसँग मिल्दोजुदो देखिने यो सर्प आकर्षक देखिने भएर श्रृङ्गारे सर्प भनिन्छ । सर्पलाई जीवितै उद्धार
बाँकेको कोहलपुर नगरपालिका–११ बगियामा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा सहपाठीसँग शुक्रबार अध्ययन गर्दै कोहलपुर नगरपालिका–५ निवासी ६१ वर्षीया प्रेमकुमारी गिरी । तस्बिर : भेषराज बस्नेत/रासस
बरंजाको थर्पुकोट म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाको थर्पु गाउँमा रहेको ऐतिहासिक थर्पुकोट । यहाँ विजयादशमी, चैत्राष्टमीलगायतका पर्वहरुमा पूजाआजा हुनुका साथै सहकालका लागि प्राथना गर्ने गरिन्छ । तस्बिर ः ध्रुवसागवर शर्मा/रासस