र्याली तमु ल्होसारको अवसरमा आइतबार तनहुँको दमौलीमा निकालिएको र्यालीमा मौलिक पहिरनमा सजिएर सहभागी हुँदै गुरुङ समुदाय । तस्बिरः कृष्ण न्यौपाने / रासस
धनकुटामा यसरी मनाइयो उंधौली साकेला तस्बीर :सामाजिक संजाल
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली चाड मनाउने
अध्यक्ष छितिज थेवे प्रेस चौतारी नेपाल सङ्खुवासभाले शुक्रबार सदरमुकाम खाँदबारी गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष छितिज थेवे । तस्बिर ः भविन कार्की/रासस
धौलागिरि म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँमा फुलेको सयपत्री फूल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर ः कमल खत्री/रासस
मिलचरा ‘सानो न्याउली’ दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा । रूखलाई प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि भने गर्दछन् । तस्बिर ः कुलदीप न्यौपाने/रासस
यलम्बरको सालिक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित किरात राई यायोक्खा साकेलाथान परिसरमा स्थापना गरिएको किरातकालीन प्रथम राजा यलम्बरको सालिक । तस्बिर ः मणिराम दाहाल/ रासस
च्याब्रुङ नाच चासोक तङ्नामका अवसरमा ताप्लेजुङ सदरमुकाममा मङ्गलबार आयोजित कार्यक्रममा लिम्बू समुदायको परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर : सन्तोष पुर्कुटी/रासस
मंशिर पूर्णिमाको अवसरमा धनकुटा नगरपालिका २ भिरगाउँमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल मधुगंगा धामको दर्शन गर्न पुगेका भक्तजनहरु
ताप्लेजुङ सदमुकाम फुङ्लिङमा मौलिक पहिरनमा सजिएर चासोक तङ्नाम मनाउँन पुगेका महिला । चासोक तङ्नाम लिम्बू समुदायको विशेष पर्व हो । तस्बिर : दिलकुमार लिम्बू/रासस