तेह्रथुमको जिरिखिम्ती बजारमा करोडौं लागतका कृषि संरचना पाँच वर्ष बितिसक्दा पनि प्रयोग बिहीन

धनकुटा खबर / तेह्रथुम, चार वढी गाविसका किसानको उत्पादनलाई वजारीकरण गर्न सहयोग पुयाउने उदेश्यले जिरिखिम्ती वजारमा निर्माण गरिएका करोड लागतका कृषि संरचना निर्माण सम्पनन भएको पाँच वर्ष सम्म पनि प्रयोग विहिन बनेका छन् । वजार छेउको कृषि उपज हाटवजारका स्थलमा निर्माण गरीएका भवन प्रयोग विहीन वनेका हुन् । जिविस, कमर्सीयल एग्रीकल्चर एलान्यन्स् (सिएए) र उपभोक्ता समेतको गरी ७५ लाख रुपैंयाको लागतमा चार वर्ष अघि नै निर्माण सम्पन्न भएका भवन र ट्रष्ट अहिले सम्म संचालनमा आउन नसकेका हुन् ।

स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई संकलन गरी त्यही विक्री वितरण गर्ने र स्थानीय स्तरमा खपत हुन नसकेका उत्पादनलाई जिल्ला वाहिर निर्यातका लागि संकलन गर्ने उदेश्यले भवन निर्माण गरीएको निर्माण समिति अध्यक्ष यज्ञ वहादुर अधिकारीले वताए । तर भवन निर्माण भएको चार वर्ष सम्म पनि किसानले प्रयाप्त आफ्नो उत्पादन नल्याएपछि हाट वजार स्थलका भवन संचालन गर्न नसकिएको अध्यक्ष अधिकारीले वताए । भवन जिरिखिम्ती कृषि, थोक तथा खुद्रा वजार व्यवस्थापन समितिले निर्माण गरेको हो । भवन निर्माण भएको हाट वजार स्थल सम्म पुग्न वजार क्षेत्रवाट सिधा वाटो नभएको र अर्को वाटो घुमाउरो भएकाले पनि वजार क्षेत्रका उपभोक्ताहरु त्यहा सम्म जान नमानेको अध्यक्ष अधिकारीले वताए । ‘धेरै पटक प्रयास गरीए पनि कृषि उपज हाटवजार लगाउन सकीएन’ अध्यक्ष अधिकारीले वाध्यता सुनाए ।

जिरिखिम्ती सहित आम्वुङ, मोराहाङ, साव्ला, पिप्ले लगायतका गाविसका किसानले उत्पादन गरेको तरकारी, फलफुल र अन्य कृषि उत्पादन समितिले खरीद विक्री गर्ने र किसान स्वयमले हाट वजार स्थलमा ल्याएर विक्री गर्न पाउने उदेश्य भवन निर्माणताका गरीएको थियो । तर त्यहाका किसानले आºनो उत्पादन विक्रीका लागि ल्याएका छैनन् । ‘किसानले उत्पादन गरेको कृषि उपजले स्थानीय उपभोक्तालाई नै पुगेको रहेनछ’ निर्माण समितिका एक सदस्यले भने । कृषि उपजको वजार र खपतको अध्ययन नै नगरी हाट वजार लगाउन भवन वनाउदा ठुलो धनराशी प्रयोग विहिन भएको छ । अहिले मोराहाङ वाहेक अन्य गाविस म्याङलुङ नगरपालीकामा समेटीएका छन् ।

पा“च सटर भएको पक्की भवन, दुई वटा ट्रष्ट, तरकारी धोएर सफा गर्ने पक्की ट्याङकी र फोहोर संकलन गर्ने भवन प्रयोग र सरसफाई अभावमा निर्माण सम्पन्न भएको चार वर्ष नवित्दै वर्षौ पुराना जस्ता देखीन थालेका छन् । भवनको अगाडी पटी गहिरो गरी कुलो खनीएकाले यि भवनको फाउण्डेसन समेत देखीने अवस्थामा पुगेका छन् । यही भवनमा अघिल्लो हिउदमा कृषि विकास कार्यालयले किसानले उत्पादन गरेका कृषि उपजको प्रदर्शनी आयोजना गरेको थियो । दुई दिन सम्म भएको प्रदर्शनी वाहेक अन्य गतिविधी यो भवनमा भएको छैन् ।

भवन संचालनमा ल्याएर कृषि उत्पादनहरुको हाट वजार लगाउन सके धेरै किसानलाई फाईदा पुग्ने कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले वताए । निर्माण सम्पन्न भएका संरचना प्रयोगमा ल्याउन नसक्दा लागत समेत खेर जाने अवस्था आएको कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।