इटहरीमा दुईवटा सिलिण्डर विष्फोट भई आगलागी हुँदा लाखौँको क्षति

इटहरी, २२ फागुन । इटहरी उपमहानगरपालिका–४ मा आज साँझ दुईवटा सिलिण्डर विष्फोट भई आगलागी हुँदा निरज पौडेलको घर र परालको माच नष्ट भएको छ ।

ग्यासको पाइप लाइनबाट आगोको लप्का निक्लेपछि सिलिण्डर विष्फोट भई आगो फैलिएको थियो । आगलागीबाट कम्तिमा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पौडेलको घरमा भएका खाद्यान्न, लत्ताकपडा, सुनचाँदीका गहना भाँडाकुँडा सबै जलेर नष्ट भएको बताइएको छ ।

इटहरी र इनरुवाबाट आएको वारुणयन्त्र, नेपाली सेना र जनपथ प्रहरी एवम् स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको इप्रका इटहरीले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।