सप्तरी घटनाको छानबिन गर्न प्रहरीको टोली गठन

राजविराज (सप्तरी), २५ फागुन । प्रहरीको गोली लागेर चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको घटनाको छानबिन गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनरगरले आज तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

अञ्चल प्रहरी कार्यालय कोसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीको संयोजकत्वमा छानबिन टोली गठन गरिएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश भट्टराईले राससलाई बताउनुभयो । छानबिन टोलीमा पूर्वक्षेत्रीय प्रहरी गणका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझी सदस्य रहनुभएको छ ।

टोलीले भोलिदेखि आफ्नो काम सुरु गर्ने बताइएको छ । टोलीलाई घटनामा गोली चलाउनुपर्ने अवस्था, सुरक्षाकर्मीको संयोजन विधिसम्मत् थियो÷थिएन, सुरक्षाकर्मीको नेतृत्व गर्नेको कमजोरी भए÷नभएकोलगायत विषयमा छानबिन गरी अविलम्ब समीक्षात्मक प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको डिआइजी भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच, सप्तरी घटनापछि उत्पन्न परिस्थितिलाई सामन्यीकरण गर्न आज राजविराजमा स्थानीय प्रशासन र संयुक्त लोकतात्रिक मधेसी मोर्चाबीच वार्ता भएको छ । निमित्त प्रजिअ एवम् प्रशासकीय अधिकृत प्रेमप्रसाद उपाध्यायले मोर्चा र प्रशासनबीच भएको सो वार्तामा मोर्चाले घटनामा परी मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपुर्ति, घाइतेको उपचार र गोली चलाउनेलाई कारबाही गर्ने माग गरेको बताउनुभयो ।

नयाँ प्रजिअ जिल्ला आएपछि मात्र वार्ता भई शव बुझ्ने सहमति भएको मोर्चाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।