बाख्रा स्रोत केन्द्रको विकास

मलेखु (धादिङ), ५ चैत । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएको अवस्थामा चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् ।

दुई वर्षअघि दुई माउ र छ पाठा बाख्रापालन गर्नुपर्छ भनेर लागेकी चैनपुरकी लालमाया शाक्य अहिले बाख्रा व्यवसायीका रुपमा परिचित भएकी छन् । उनीसँग अहिले २९ बाख्रा छ । बाख्राका सुधारिएका राम्रा खोर बनाइएको छ । खरी जातको बाख्रा गोठमा पाल्न थालेपछि आम्दानी बढेको र यस वर्ष मात्र १२ ब्याडबाख्रा(पाठापाठी)बिक्री गरेको उहाँले बताउनुभयो । घरको आम्दानीले खान नपुगेपछि उहाँका श्रीमान् भारतमा काम गर्न जानुभयो । छोरी र आमा मिलेर गाउँमा गरिएको व्यवसायले उनीहरुमा आम्दानी र सुख मिलेको छ ।

बाख्रा व्यवसायीका रूपमा परिचित भएकी धादिङ चैनपुरकी लालमाया शाक्यले अहिले २९ बाख्रा पाल्दै । बजारमा खसीबोकाको मासुको माग बढ्दै गएकोले चैनपुरवासी बाख्रा स्रोत केन्द्रको विकासमा अघि बढेका छन् । तस्बिर- सीताराम अधिकारी, मलेखु (धादिङ), रासस

शाक्य मात्र होइन हुलाकभन्ज्याङ निवासी मनकुमारी बाणको खोरमा अहिले ११ बाख्रा छ । उहाँले घर जस्तै गरी सफा पारिएको आधुनिक खोर बनाउनुभएको छ । भूकम्पले थिलथिलो पारेको अवस्थामा पनि वाणले घरसँगै बनाइएको बाख्राको खोर दिनदिनै सफा गर्ने र हरेक महिना बाख्रालाई जुकालगायत औषधि खुवाएर बाख्रापालन व्यवसाय गरिरहनुभएको छ ।

बाख्रापालन सुरु गर्दा तत्कालीन चैनपुर गाविसमा पाँच हजार दुई सय बाख्रा भएकामा हाल पाठाबाख्राको सङ्ख्यासमेत थप गर्दा १४ हजार बाख्रा भएको तथ्याङ्क छ । चैनपुर गाविसलाई अहिले बाख्रा स्रोत केन्द्रका रुपमा विकास गरिएको चैनपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक निरमाया राना मास्कीले बताउनुभयो । एक हजार दुई सय १७ सेयर सदस्य रहेको सहकारीले चैनपुर गाविसलाई बाख्रा स्रोत केन्द्रको विकास गरी सबै घरधुरी समेटेर महिलाको आम्दानी बढाउन लागिपरेको मास्कीको भनाइ छ ।

हेफर इन्टरनेसनलले फोकस नेपालमार्फत साना किसान सबलीकरण परियोजना सञ्चालन गरेपछि सालबासमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । सबै घरमा बाख्राको खोर बनाउने र हरेक घरमा घाँस उत्पादन गरी बाख्राबाट नै चैनपुरको विकासमा लागिपर्ने सहकारीको प्रतिबद्धता छ । हाल चैनपुरका सात सय घरमा आधुनिक घर निर्माण गरी बाख्रापालन सुरु गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।