तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै युवा

पाल्पा, ५ चैत । वैदेशिक रोजगारीबाट फर्केका पाल्पा खानीछाप गाविसका युवाले तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सिँचाइको उपयुक्त सुविधा प्राप्त नभए पनि कडा श्रम र मेहनतका साथ गरेको तरकारीखेतीबाट राम्रो आम्दानी लिन थालेपछि यहाँका युवाले यसतर्फ आकर्षित भएका हुन ।

ऋण खोजेर विदेशमा आफ्नो श्रम र पसिना पोख्न बाध्य हुने नेपाली युवाका लागि स्वदेशमै सानो लगानीबाट सुरु गरेको तरकारी खेतीबाट वार्षिक रु एक लाख भन्दा बढी आम्दानी गरेर उनीहरुले सबल उदाहरण प्रस्तुत गरेका हुन् ।

खानीछाप–५ का हीराबहादुर गाहा १२ वर्ष विदेशमा श्रम र पसिना पोखेपनि अन्त्यमा स्वदेशमै तरकारी खेतीतर्फ लाग्नुभयो । कतारबाट फर्केपछि उहाँले एक रोपनी जग्गामा तरकारीखेती सुरु गर्नुभयो । त्यसबाट वार्षिक रु. एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको गाहाले बताउनुभयो ।

विदेशमा दुःख गरी आम्दानी गर्नु भन्दा गाउँमै घरपरिवारसँग रमाउँदैं तरकारीखेती गर्न सहज भएको स्थानीय युवा बताउँछन् ।

खानीछाप– ५ का पूर्णबहादुर गाहाले पनि दुई रोपनी जग्गामा तरकारीखेती गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केर उनले आफ्नै बारीमा काउली, बन्दा, गोलभेँडालगायतका तरकारी गरेका छन् । तरकारी उत्पादनबाट उनले सबै खर्च कटाएर वार्षिक लगभग रु. एक लाख आम्दानी गर्ने गरेको बताउनुहुन्छ । वैदेशिक रोजगारीमा गएका युवा घर फर्केर तरकारीखेती गर्न थालेसँगै गाउँमा बस्ने युवाको सङ्ख्यामा बृद्धि भएको छ ।

यहाँ उत्पादित तरकारी सदरमुकाम तानसेन, राम्दी र स्याङ्गजा जिल्लामा निकासी हँुदै आएको आदिवासी जनजाति गाउँ समन्वय समिति खानीछापाका संयोजक लक्ष्मण गाहाले बताउनुभयो ।

वैदेशिक रोजगारीबाट फर्केका युवा तरकारीखेतीबाट आम्दानी गर्दै गाउँमा बस्न थालेपछि उनीहरुले सामाजिक काममा देखाएको अग्रसरताले सामाजिक विकृति रोक्नमा समेत सहज भएको स्थानीयवासीको दावी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।