यी हुन दावा तामाङ जस्ले दिए ताईवानी नागरिकलाई पुनर्जन्म ! त्यो कहालिलाग्दो घटना बारे यसो भन्छन (हेर्नुहोस् भिडियो सहित)

काठमाडौं, धादिङको रुवीभ्याली घुम्ने क्रममा हिउँमा चिप्लिएर वेपत्ता भएका ताइवानी युवक लाइङ सिंङ युन लाई ४७ दिनपछि जीवितै भेटिए ।

बाटो बिराएर धादिङको रुवीभ्याली स्थित पान्साङपास भन्दा केही तल भिरमा फसेका उनलाई सिम्रिक एयरका पाइलट सिदार्थ जे गुरुङ र गाइड छिरिङ डेन्डुप भोटेले बुधबार दिउंसो जिवितै उद्धार गरेका हुन् ।नेपाल घुम्न आएका यि ताइवनी जोडी फागुन २० गते देखि धादिङको रुवीभ्याली क्षेत्रबाट परिवारसँग सम्पर्क पछि वेपत्ता बनेका थिए ।उनी २ हजार ६०० मिटर उचाइको क्षेत्रमा भेटिएका हुन् ।

उनकी प्रेमिकाको भने निधन भएको छ ।खोजीमा जुटेका स्थानीय र राजधानीबाट खटेको उद्धारटोलीले ४७ दिन पछि बुधबार धादिङको रुवीभ्याली स्थित एक खोला किनारको ओडारमा यि दुई ताईवानी नागरिकलाई फेला पारेका थिए ।

परिवार र ट्रेकिङ एजेन्सीको पहलमा स्थानीयबासी दावा तामाङ र अन्य उनको साथीमा स्थानीयवासीलाइ प्रयोग गरी खोजी गर्दा खोलाको अप्ठ्यारो ओडारमा बसेको अवस्थामा युवकलाई गम्भिर अवस्थामा र युवती मृत अवस्थामा स्थानीयले बुधबार बिहान फेला पारे पछि एसियन ट्रेकिङ एजेन्सीले उद्धारको पहल गरेका थिए ।

बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव थियो ।

उद्धार पछि सिम्रीक एयरको हेलिकप्टर मार्फत काठमाडौ ल्याइएको थियो । लङलाइट रेस्क्यु गर्नेमा सिम्रिक एयर मुलुककै पहिलो हेलिकप्टर कम्पनी हो ।लियान सेङ यूको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ र, उन खतरामुक्त छन् । उनी अहिले कुराकानी गर्न सक्छन् ।

उनलाई घटना स्थलमा भेट्ने यिनै हुन दावा तमाङ जस्ले ताईवानी नागरिकलाई बचाए हेर्नुहोस घटनाको बिवरण यसरि सुनाउदै छन् भिडियो :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।