कार्कीविरुद्ध महाअभियोग प्रस्तावले आक्रामक बन्यो एमाले, भन्यो- महाअभियोग प्रस्ताव पास हुन दिदैँनौ असफल बनाउँछौँ

काठमाण्डौं, ७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले यसको खुलेर विरोध गरेको छ ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने कदम गलत भएको दाबी गरे । ‘सरकार अधिनायकवादी शासनतिर प्रेरित भएको छ भन्ने यसले संकेत गरेको छ,’ भट्टराईले भने, ‘यो अधिनायकवादी कदम शुशीलमाथिको मात्र हमला होइन । देशमाथिको हमला हो ।’

उनले कार्की देशभक्त न्यायधीश भएको भन्दै उनको कार्यक्षमताको सबैले कदर गर्नुपर्नेमा जोड दिए । ‘उहाँ सक्षम न्यायधीश हुनुहुन्छ,’ उनले भने, ‘उहाँ सिङ्गो नेपाली महिलाको प्रतिनिधि पात्र पनि हो । न्यायलयलाई कठपुतली बनाउने काम सरकारले गरेको छ । यसको प्रतिकार जनताले गर्ने छन् ।’

उनले सरकार निर्वाचन हुन नदिने प्रयासमा लागेको भन्दै गरिहाले पनि सबै संयन्त्र कब्जा गरेर मात्र गर्ने नियत भएको आरोप लगाए । ‘चुनाव गरे पनि न्यायलय, प्रहरी प्रशासन, निर्वाचन आयोग सबैलाई कब्जामा ल्याएर गर्ने प्रयासमा सरकार लागेको छ,’ उनले भने, ‘यसका विरुद्ध लड्न सबैलाई आग्रह गर्छौ । महाअभियोग प्रस्ताव पास हुन दिदैँनौ असफल बनाउँछौँ ।’ उनले सरकार अधिनायकवादी प्रयास गर्दै अघि बढे जनविद्रोह हुन सक्ने चेतावनी पनि उनले दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।