ब्रेकिङ न्यूज: उपप्रधान एवम् गृहमन्त्री निधिद्धारा राजिनामा
काठमाडौं, १७ बैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजिनामा दिएका छन् ।

सत्तारूण दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ती जनाउँदै पदबाट राजीनामा दिएका छन्।
पार्टी सभापतिसँग असहमति बढ्दै गएपछि गृहमन्त्री विमलेन्द्र निधि राजीनामा दिने तयारीमा पुगेका हुन् । महाभियोगमा हस्ताक्षर गरेका विमलेन्द्र निधिले महाभियोग पत्रबाट समेत हस्ताक्षर फिर्ता लिएका छन् ।


