निधिले राजीनमा दिएसंगै नयाँ गृहमन्त्रीमा काँग्रेस नेता गोपालमान श्रेष्ठलाई नियुक्ति गर्ने प्रचण्डको तयारी
काठमाडौं, १८ वैशाख । विमलेन्द्र निधिले राजीनमा दिएसंगै उप–प्रधान सहित नयाँ गृहमन्त्रीमा काँग्रेस नेता नेता गोपालमान श्रेष्ठ नियुक्त हुने भएका छन् । काँग्रेसमा देउवा निकट मानिने श्रेष्ठलाई नयाँ गृहमन्त्रीको रुपमा सरकारमा पठाउन लागेको सभापति देउवाले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइसकेको स्रोतको भनाई छ ।
पछिल्लो समय वरियताको विवाद झिक्दै आएका निधिले प्रधान न्यायाधिशलाई आइजीपी प्रकरणसंग जोडेर काँग्रेस–माओवादीले महाअभियोग लगाएपछि उनले आइतबार राजीनामा बुझाएका थिए । निधीले आफ्नो साख बचाउने गरी राजिनामा दिएपछि देउवा र प्रचण्डले नयाँ गृहमन्त्री नियुक्ति गर्ने तयारी गरेका हुन । दुवै जनाको सहमतिमा निर्वाचनअगाडि माओवादी केन्द्रकै नेतृत्व रहने गरी कांग्रेसले नयाँ गृहमन्त्री सरकारमा पठाउने भएको छ ।
श्रेष्ठलाई गृहमन्त्री बनाएर निर्वाचनमा लाग्ने योजना सरकारले बनाएको एक मन्त्रीले जानकारी दिए । कांग्रेस सभापति शेरबहादुर देउवा र निधिबीचको खटपट केही समयपहिले देखिकै हो । निधीले निर्वाचनमा नै समस्या सिर्जना गर्न खोजेकोले देउवाले पहिले नै राजिनामा दिन दवाव दिइरहेका थिए ।


