घरमा आगो लाग्दा एक महिलाको जलेर मृत्यु

दाङ, १८ वैशाख । दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना महिलाको जलेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको जलेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित्र रहेकी दिलमाया गुरुङभित्रै थुनिएकाले उनको जलेर मृत्यु भएको हो ।

आज बिहान १० बजेतिर खाना पकाउँदै गर्दा ग्यास सिलिन्डर चुहावट भएकाले त्यसैबाट घरमा आगो लागेको स्थानीय विवेक वलीले जानकारी दिनुभयो । वलीका अनुसार ग्यासमा आगो सल्किएपछि घरभित्र कोही प्रवेश गर्न सक्ने अवस्था रहेन र उनको त्यही जलेर मृत्यु भएको हो । आगोले घरभित्रका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जानएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।