एमाले अर्को महाअभियोगको तयारीमा

काठमाडौं, प्रधानन्यायाधीश सुशिला कार्कीमाथि अचानक महाअभियोगको प्रस्ताव दर्ता भएपछि तरंगित भएको राजनीति अझै तरंगित हुने देखिएको छ ।

मुख्य विपक्षी एमालेले अहिले कायममुकामयम प्रधानन्यायाधीश रहेका सर्वोच्चका बरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीमाथि पनि महाअभियोग लगाउने गोप्य गृहकार्य गरेसँगै राजनीतिमा थप तरंग देखिने भएको हो।

एमाले उच्च श्रोतले अति संक्षेपमा दिएको जानकारी अनुसार कायममुकायम प्रधानन्यायाधीश पराजुलीमाथि महाअभियोग दर्ता गराउनेबारे परामर्श भइरहेको छ ।

कांग्रेस र माओवादी केन्द्र मिलेर प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोग निरंकुशताको पूर्वाभ्यास भएको प्रतिक्रिया दिएको एमालेले पराजुलीमाथि नागरिकता र शैक्षिक योग्यताको कागजात कीर्ते गरेको दावी गर्दै अभियोग लगाउने तयारी गरेको हो ।

एमालेले पराजुलीमाथि महाअभियोगको तयारी गरिरहेको हो ? प्रश्नमा एमाले उच्च श्रोतले भन्यो, ‘अहिलेलाई यत्ति बुझ्नुस केही न केही भइरहेको छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।