जिप जलाएको आरोपमा एक महिला पक्राउ

बर्दिया, १९ वैशाख । जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

गुलरिया नगरपालिका– ४ टेपरा गाउँका विनोदकुमार पण्डितको आफ्नै घर अगाडि रोकी राखेको बा १६ च ३२४४ नम्बरको जिपमा सोमबार राति आगजनी गरेको आरोपमा सोही स्थानकी ३८ वर्षीय पार्वती गोडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो ।

आगलागीबाट जिपको भित्र र बाहिरी भागमा क्षती भएको र मर्मतका लागि करिब रु पाँच लाख खर्च हुने अनुमान गरिएको छ । पक्राउ परेकी गोडियाको घरबाट जलेको बोतललगायत अन्य सामान फेला परेकाले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिपमा लागेको आगो करिब २० मिनेटपछि स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।