१४ वर्षिय कुन्दन हत्या प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग र मगर संघले लियो यस्तो एक्सन (भिडियो सहित)
काठमाडौं – चैत्र १६ गते प्रहरी स्कूलमा मारिएका भन्ने परिवारको आरोप अहिले पनि आरोपमा नै सिमित छ । १४ वर्षिय बालक कुन्दन थापाको हत्याको विषयमा कुन्दनका परिवारले लगाएको यो आरोपलाई न प्रहरी प्रशासनले सुनुवाई गर्न सकेको छ नत छानबिनका लागि निबेदन दिईएका अन्य संघसंगठनले नै यस्को निष्पक्ष नतिजा निकाल्न नै सकेको छ ।
घटना भएको पुरै एक महिना बितिसक्दा पनि परिवार पक्षले न्याय नपाएको भन्दै शान्तिपुर्ण धर्ना स्वरुपको आन्दोलन गर्न अझैं छाडेको छैन । छोरा कुन्दनलाई न्याय दिनका लागि कुन्दन परिवारले गरेको यो एक्लो प्रयासमा निबेदन बुझाएका विभिन्न संघ संगठनहरुको पहल काहाँसम्म पुगेको भन्ने विषयमा लाईट नेपालका लागि रुपनी जीएम ले तयार पारेको रिर्पाेट हेर्नुहोस्


