प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग तत्काल फिर्ता लिन आइसीको आग्रह

काठमाडौँ, १९ वैशाख । मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

आयोगका प्रमुख म्याट पोलार्डले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको उचित अभ्यास गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध अनुपयुक्त ढङ्गले ल्याइएको महाअभियोग प्रस्ताव संसद्बाट पारित गर्न अस्वीकार गर्नुपर्ने उल्लेख गरिएको छ ।

नेपालको इतिहासमा पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोगले स्वतन्त्र न्यायापालिका र शक्तिपृथकीकरणको सिद्धान्तप्रति गम्भीर प्रश्न खडा गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको न्यायिक क्षेत्रले अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै मानवअधिकारको रक्षा र कानुनी शासनको पालना गरेकाले अनावश्यक हस्तक्षेप गर्नु उचित नहुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।