हाँस्दै-हाँस्दै सिंहदरवार छिरेका देउवा कालो मुख लगाँउदै घरतिर लागे

शेरबहादुर देउवा जेठ अन्तिम सातासम्ममा चौथोपटक सत्तासीन हुने छाँटकाँट त देखिँदैछ तर बहिर्गमनचाहिँ कसरी हुने हो भन्न गाह्रो छ । यसअघि हरेकपटक यिनी प्रधानमन्त्री पदबाट अपमानजनक ढंगले निस्किएको रेकर्ड छ ।

२०५२ भदौ १२ को सर्वोच्चको फैसलाबाट एमाले सरकार ढलेपछि ५४ वर्षको उमेरमा देउवा पहिलोपटक प्रधानमन्त्री भएका थिए । त्यो सरकार ०५३ पुसमा ढल्यो । मध्यपश्चिमका दुईजना ठकुरी सांसद हुम्लाका चक्रबहादुर शाही र जाजरकोटका दीपकजंग शाहीले भोट नहालेका कारण उनको सरकार बचेन ।

अर्को प्रकरणमा डोल्पाको सदरमुकाम दुनै हानेर हिँडेका माओवादी नेताहरुलाई घेरा हाल्दै गरेको सेना दरबारको ठाडो आदेशमा फिर्ता भयो । त्यसमा चित्त दुखाउँदा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५८ साउन ४ गते राजीनामा दिए । त्यसपछि शेरबहादुर देउवा दोस्रोपटक प्रधानमन्त्री भए । ०५९ सालमा पार्टी फुटाएर जेठ ८ गते मध्यवधि चुनाव घोषणा गरे । त्यसका लागि असोजमा संविधानको धारा १२७ अनुसार बाधा–अड्काउ फुकाउ लगाएर सबै अधिकार राजालाई बुझाए ।

तिनै राजाले उनलाई अक्षम घोषणा गर्दै निकालिदिए । त्यसपटक पनि प्रवेश हर्षोल्लासपूर्ण तर निष्काशनचाहिँ दुःखद भयो । ०६१ जेठमा सूर्यबहादुर थापाले राजीनामा दिएपछि अप्रत्यासित रुपमा गोरखाको राजाबाट न्याय पाएँ भन्दै प्रतिगमन सच्चिएको घोषणासहित फेरि सरकारको नेतृत्व सम्हाल्न गए । ०६१ माघ १९ मा त अपदस्थ मात्र भएनन्, प्रधानमन्त्री पद खोसिएर महिनौंसम्म नजरबन्दमा समेत राखिए ।

कांग्रेस सभापति देउवाका लागि सत्तारोहण जति खुशी र सुखको विषय हो । त्यतिनै उनका लागि सत्ताच्युत हुनु दुखको विषय । देउवा तीन पटक प्रधानमन्त्री भए,हाँस्दै सिंहदरवार छिरे र तीनै पटक रुँदै रुँदै सिंहदरवारबाट निस्कन परेको उदाहरण छ ।

जनआस्था साप्ताहिकमा खबर छ । तीनपटक प्रधानमन्त्री भएका देउवा तीनैपटक अपदस्थमा परेका व्यक्ति हुन । अहिले पनि प्रचण्ड सहजरुपमा सत्तारोहण गराउँछु भनिरहेकै छन् तर अबको बर्हिगमनचाहिँ कसरी हुने हो, ठेगान छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।