एउटा माउ बाख्राबाट चार लाख आम्दानी !
बाग्लुङ, जेठ १० । बाग्लुङको बरेङ गाउँपालिकाका एक कृषकले एउटा बाख्रा पालेर सुरु गरेको व्यवसाय अहिले मनग्गे आम्दानी दिन थालेको छ । बरेङ गाउँपालिका–७ बाराकोटका पदमजंग श्रीसले २०६३ सालमा किनेको एउटा माउ बाख्राबाट दर्जनांै पाठापाठी हुर्काएर व्यवसायिक बाख्रापालन गरेका हुन् ।

सौखका लागि पाल्न किनेको एउटा बाख्राका पाठापाठी संरक्षण गर्दै जाँदा बाख्रा पालनमा रुचि बढेको श्रीसको भनाइ छ । एउटा माउ बाख्राबाट अहिलेसम्म ३८ वटा बाख्रा हुर्काएको र करिव ४ लाख आम्दानी भएको उनले बताए ।
घाँसपात प्रशस्त पाईने भएकाले बाख्रा पालनबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । श्रीससँग अहिले ७० वटा खरी जातका बाख्रा छन् ।


