विमान दुर्घटनामा घाइते को-पाइलटको पनि निधन
शनिवार दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका को पाइलटको उपचारको क्रममा निधन भएको छ । शनिबार दिँउसो लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा घाइते भएका को(पाइलट सृजन मानन्धरको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुख्य पाइलट पारसकुमार राईको शनिवार नै निधन भएको थियो । नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको हो। कार्गो विमानमा पाइलट पारसकुमार रार्इ, कोपाइलट सृजन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार थिए। प्रज्ञाको उपचार भईरहेको छ । कार्गो बिमान भएका कारण यात्रुहरु भने थिएनन।
https://youtu.be/DpCA2hkHlvY


