आफैँले बोकेको बन्दुक पड्कँदा ज्यान गयो

बाबियाचौर(म्याग्दी), १४ जेठ । अन्नपूर्ण गाउँपालिका–७ महभिरमा बन्दुकको गोली लागेर एक सिकारीको ज्यान गएको छ ।

हिस्तानको जङ्गल क्षेत्रमा शनिबार राति सिकार खेल्न गएका मालिका गाउँपालिका–२ रुमका ३४ वर्षीय हिरालाल पुनको आफैले बोकेको बन्दुकको गोलीले लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार महभिरस्थित ससुरालीमा बस्दै आएका पुन ढुङ्गामा चिप्लिएर लडेपछि आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा गोली लागेर घाइते भएका थिए ।

घटनाको अनुसन्धानका लागि पुनसँगै सिकार खेल्न गएका अन्नपूर्ण गाउँपालिका–७ महभिरका २० वर्षीय विवेक शेरपुञ्जा र अन्नपूर्ण–१ दोवाका ३४ वर्षीय खुमबहादुर पुर्जालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।