बस दुर्घटनामा २ जनाको मृत्यु, चार गम्भीर

हेटौँडा, १७ जेठ- मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुमार लामाले बताए । दुर्घटनामा परी घाइते भएका १४ मध्ये चार जनाको अवस्था गम्भीर भएको प्रहरीले बताएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मनहरीबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८३ नम्बरको टिपर र काठमाडौँबाट झापातर्फ जाँदै गरेको ना ५ ख ६१२३ नम्बरको बस आज बिहान एकापसमा ठोक्किएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖