अज्ञात समूहले विद्यालयमा आगजनी गरेपछि विद्यार्थी रुदै घर फर्किए

खोटाङ, १७ जेठ । आगलागीमा परी विद्यालय ध्वस्त भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योति माविको पठनपाठन बन्द गरिएको छ ।

स्थानीयवासी सुतिसकेपछि अज्ञात समूहले सोमबार राति विद्यालयमा आगजनी गरेपछि अर्को विकल्प नभएसम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

जिल्लाको नमुना मानिएको ज्योति माविमा अहिले २६१ विद्यार्थी अध्ययनरत छन् । अज्ञात समूहले विद्यालयमा आगजनी गरेपछि मङ्गलबार बिहान विद्यालय आएका विद्यार्थी रुदै घर फर्किएका प्रधानाध्यापक टीकाबहादुर श्रेष्ठले बताउनुभयो ।

अज्ञात समूहले गरेको आगजानीबाट विद्यालयको दुई कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित नौंवटा कोठा ध्वस्त बनेको छ । राति करिब १२ बजे सुरु भएको आगोले विद्यालयको प्रशासन कक्षमा राखिएको १० थान दराज, टेबल, कुर्सी, विद्यालयसँग सम्बन्धित कागजात, शैक्षिक सामग्रीलगायत जल्दा करिब रु साँढे दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

२०४६ सालमा स्थापना भएको विद्यालयको आगलागीका कारण खुल्न सकेको छैन ।

विद्यालयको चारैतिरबाट एकैपटक आगो लाग्न सुरु भएका कारण नियोजितरुपमा कसैले आगो लगाइएको अभिभावकले दाबी गरेका छन् ।

जिल्लामा निजी विद्यालयमा मात्र अङ्ग्रेजी माध्यमबाट पठन–पाठन हुने समयमा ज्योति माविले २०६५ सालदेखि अङ्ग्रेजी माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । सो विद्यायलले जिल्लामा नमुना विद्यालयका रुपमा पहिचान बनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।