अब बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छानिने

काठमाडौँ, १८ जेठ । सहमतीय आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभए पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न आज पुनः आग्रह गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ – ‘नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने प्रक्रिया अघि बढाउन आह्वान गरिएको छ ।’ रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।