‘मोहनी लाग्ला है’ र ‘रेली खोला बगर’ लेखेकी चर्चित गीतकार कुसुम गजमेरको निधन

काठमाडौं, १८ जेठ वरिष्ठ संगीतकार रंजित गजमेरकी धर्मपत्नी एवं गीतकार कुसुम गजमेरको निधन भएको छ । ७२ वर्षीया गजमेरको भारतको मुम्बईमा बिहीबार विहान निधन भएको हो । उनी लामो समयदेखि कलेजोको समस्याबाट पीडित थिइन् ।

उनले कुसुमेरुमाल, लाहुरे, चिनो, बाँसुरी, दुइथोपा आँशु, अपराध, दक्षिणा, दर्पण छाँया आदि चलचित्रमा गीतहरु लेखेकी थिइन् । उनले लेखेका गीतहरु ‘रेली खोला बगर’, ‘मोहनी लाग्ला है’, ‘पिरती आफैं हुँदो रैछ’, ‘कसरी भनूँ म मनको कुरा यो’, ‘के सोचें मैले के भयो अहिले’, ‘चियाबारीमा’, ‘वीरताको चिनो वीरको सन्तान’, ‘माया के होला’ लगायत गीतहरु अत्यन्तै सफल र चर्चित छन् ।

२००२ साल असोजमा भारतको दार्जिलिङमा जन्मिएकी कुसुम चलचित्र निर्देशक तुलसी घिमिरेकी सासू पनि हुन् । उनका दुई छोरी र एक छोरा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।