लुक्लामा विमान दुर्घटना हुँदा बिदामा थिएँ लुक्ला प्राधिकरण प्रमुख !

सोलुखुम्बु, १८ जेठ । नागरिक उड्डयन प्राधिकरण लुक्ला विमानस्थलका प्रमुख योगिन्द्रनाथ कुँवरले गोमा एयरको विमान दुर्घटना हुँदाका बखत आफू बिदामा रहेको बताउनुभएको छ ।

स्वास्थ्य समस्याका कारण आफूले १५ दिनको बिदा लिएको र बिदा दुई दिन बाँकी छँदा दुर्घटना भएको उहाँको भनाइ छ । दुर्घटना भएको भोलिपल्ट आफू लुक्ला पुगी त्यहाँको विमानस्थल प्रशासन सम्हालेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार विमान अवतरणका समयमा मौसम राम्रो रहेको अभिलेखबाट देखिन्छ ।

गोमा एयर दुर्घटनाका क्रममा छानबिनका लागि केन्द्रीय कार्यालय झिकाइएका कुँवर आज काठमाडौँ पुग्नुभएको छ । अहिले लुक्ला विमानस्थलको प्रमुखमा बच्चुनारायण श्रेष्ठलाई काजमा पठाइएको बुझिएको छ ।

बिदा रेकर्ड नदेखिएको सन्दर्भमा कुँवरले आफूले १५ दिनका लागि बिदा मागेकामा सात दिनको बिदा रेकर्डसहित र बाँकी मौखिक स्वीकृति लिइएको दाबी गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।