एमालेसहित प्रतिपक्षी दलले प्रधानमन्त्री चयनका बारेमा ठोस निष्कर्ष दिएनन्

काठमाडौँ, १९ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संसद्मा प्रतिनिधित्व गरेका आठ दलका नेताहरुको बैठकमा नयाँ प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा छलफल भए पनि ठोस निष्कर्ष निकाल्न सकेन् ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा सो दलले भरतपुर महानगरपालिकाको मतगणना सञ्चालन नभएसम्म संसद्को बैठक चल्न नदिने र प्रधानमन्त्री चयन प्रक्रिया प्रारम्भ हुन नहुने अडान राखेको छ । अन्य केही दलले भने ती दुई विषयलाई अलग अलग रुपमा हेर्नुपर्ने बताएका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बहुमतका आधारमा प्रधानमन्त्री चयनबारे संसद्को बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको सूचना प्रस्तुत भइनसकेको अवस्थामा विगतको परम्परा र अभ्यासका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुन नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री चयनकै विषयमा छलफल गर्न आज सभामुख ओनसरी घर्तीले आह्वान गर्नुभएको कार्य व्यवस्था परामर्श समिति बैठकमा समेत सहमति नभएपछि दलहरु अलग अलग गृहकार्यमा जुटेका हुन् । अहिले केहीबेरमा सो समितिको बैठक पुनः बस्दैछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भरतपुरको मतगणना तत्काल सुरु हुनुपर्ने र एमालेले पनि संसद् अवरोध खुलाई प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहयोग गर्नुपर्ने आफ्नो पार्टीको धारणा आठ दलीय बैठकमा राखेको जानकारी दिनुभयो ।

उहाँले एमाले र राप्रपाबीच पहिलो चरणको स्थानीय तह निर्वाचनका विषयमा समीक्षा पनि गरिएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिनुभएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।