बल्ल समात्यो अख्तियारले ठूलो माछा, एनसेललाई उन्मुक्ति दिने ‘डन’ अख्तियारको हिरासतमा

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन । अकुत र स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा उनलाई आज अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अहिले उनलाई अख्तियार दुरूयोग अनुन्धान आयोगको हिरासतमा राखिएको छ । आयोगमा राजस्व हिनामिना लगायत उनका विरुद्धमा दर्जनौँ उजुरीहरु परेको छन । एनसेलको करछली प्रकरणमा एनसेललाई उन्मुक्ति दिलाउन शर्माले महत्वपूर्ण भूमिका खेलेका छन । उनी नेपाली कांग्रेसका नेता डा रामशरण महत निकट मानिन्छन । महतले नै उनलाई पटक पटक सोही स्थानमा उनलाई थमौती दिलाएको थियो ।

शर्मा यस्ता भाग्यमानि कर्मचारी हुन उनी ललितपुरको सिडिओबाट सिधै काठमाडौँको सिडिओमा सरुवा भएका थिए । समान्यतय कर्मचारीको सरुवामा सुगम–दुर्गम र दुर्गम–सुगम हेरिने भए पनि उनको हकमा त्यो लागू भएन । तत्काली चुनावी मन्त्रिरिषद्का गृहमन्त्री स्वर्गीय माधव घिमिरेले शर्मालाई काठमाडौँको सिडिओबाट हटाएर गृहमन्त्रालयको जगेडामा लगेका थिए तर पछि उनी सम्पत्ति शुद्धिकरण विभाग हुँदै आन्तरिक राजस्व विभाग पुगे ।

यस अगाडि उनले शिव घिमिरेद्धारा सञ्चालित ग्यास कम्पनीलाई उन्मुक्ति दिएर त्यहाँबाट राम्रो नजराना बुझेका थिए । शर्माका यस्ता काण्डै काण्ड छन । यस्तै पैसाबाट अकुत सम्पत्ति आर्जन गरेका उनले वूढानिलकण्ठमा अलिसान वंगला ठडाएका छन । उनी थरी थरीका तीन वटा कार चढ्ने सह सचिव समेत हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।