‘खाडी मुलुकमा कार्यरत कामदारको समस्या समाधानमा केन्द्रीत हुन्छु’ : नवनियुक्त मन्त्री मन्सुर
काठमाडौं, जेठ २४ । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारको क्षेत्रका देखिएका समस्या चाँडो समाधान गर्ने काम नै आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

आज(बुधवार) मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री मन्सुरले खाडी मुलुकमा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि आफूले सक्ने काम गर्ने र नभए मन्त्रिपरिषद्को बैठकमा लगेर भए पनि समाधान गराएरै छोड्ने प्रतिबद्धता जनाए । उनले आफू जनताको प्रतिनिधिको हैसियतले मन्त्री बनेको भन्दै जनताकै सेवा पु¥याउने काममा लाग्न सम्बद्ध कर्मचारीलाई आग्रह गरे ।
मन्त्रायलका काम कारवाहि पारदर्शी तरिकाले गर्न गराउन उनले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।


