शिवराजमा शिवकुमारी, एक विराङगना : यी हुन रञ्जु दर्शनालाई पनि मात दिने २३ वर्षिय शिवकुमारी थारु – हेर्नुहोस दमदार भाषण भिडियो

दोश्रो चरणको निर्वाचनका लागि कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवारको टिकट पाएकी २२ वर्षिय शिव कुमारी थारु अहिले स्थानीय तहमा निकै चर्चामा आएकी छिन् । शिव कुमारीको चर्चा पहिलो चरणको चुनाबमा काठमाडौँ महानरबाट मेयरमा विवेकशिलको तर्फबाट उठेकी रञ्जु दर्शनाको भन्दा कमको छैन कपीलबस्तुमा यतिबेला । उमेरले भर्खर २२ वर्ष पुगेकी उनी शिक्षण पेसा छोडेर एमालेको तर्फबाट उपमेयरमा शिवराज नगरमा चुनाबी मैदानमा उत्रेकी छिन् । शिव कुमारी भन्छिन्, सानै उमेरमा बिहे गर्न बाध्य भएँ । अब त्यही बाध्यतालाई म मेरो भाग्य भन्न रुचाउँदिन । त्यसैले म आफुमा भएको क्षमतालाइृ सामाजिक काममा प्रस्फुटन गराएर समाज परिवर्तन गर्न चाहान्छु र त्यसैको लागि मैले राजनीतिको बाटोलाई रोजेकी हुँ । उनीमा राजनीतिमा एउटा सफल नेतृ बन्ने दृढ विश्वास छ । अहिले पनि सामाजिक राजनीतिक तथा नीति निर्माणको तहमा पुग्नबाट बञ्चित थारु समुदाय र त्यसको पनि महिला बर्गको प्रतिनिधित्व गर्ने शिव कुमारी समग्र थारु समुदाय र महिलाहरुको लागि अहिले प्रेरणाको श्रोत बनेकी छिन् । थारु र मधेशी समुदायका साथै समग्र नगरवासीको आवश्यकता नै नगरको विकास भएको बताउने शिव कुमारी भन्छिन्, त्यसैको लागि मैले उम्मेदवारी दिएकी हुँ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।