गाडीले ठक्कर दिएर इजरायलको अस्पतालमा थलापरेकी नेपाली चेलीलाई नेता विश्व प्रकाश र गगन थापाले भेटेपछि…

यो हप्ता निकै चर्चामा रहयो इजरायल अर्थात इजरायलमा रहेका नेपालीहरु बीच | सामाजिक संजाल होस या स्थानीय नेपाली अनलाइन पत्रिकाहरुमा कारण थियो नेपाली कांग्रेस भित्र अथवा सर्वत्र धेरै नेपालीले भरोसा गरेका २ नेता गगन थापा अनि बिश्व प्रकाश शर्मा !

जनसम्पर्क समिति इजरायलले आफ्नो स्थापनाको बार्षिकोत्सव मनाउन यी दुई नेतालाई इजरायल निम्त्याएको थियो |

यहि जुलाई १४ तारिक शुक्रबार सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्न इजरायल आएका दुई नेता उक्त कार्यक्रममा मात्र सिमित रहेनन जुन कुराको पुष्टी अहिले सामाजिक संजालमा प्रस्ट रुपमा देख्न सकिन्छ |

झन्डै एकसाता इजरालयमा बिताएका यी दुई युवा नेताले यहाँको अाधुनिक कृषि प्रणालीकाे बारेमा खुव रूची दिएर अध्ययन गरेका छन् । पुर्व मन्त्रि थापा संसदमा पनि कृषि समितिकाे सभापति थिए भने उनले बाख्रा पालन देखि कुरिलाे खेतीमा समेत हात हालेका थिए।

यता, शर्मा भने लामाे समयदेखि झापामा बसेर स्थानीय राजनीतिसंगै राजनीतिक जग बसाउदैछन भने कृषिमा औधी रुची रहेको सामाजिक संजालमा उनले ब्यक्त गरेका विचारहरुबाट प्रस्ट हुन्छ |

इजरायल अाधुनिक कृषि प्रणालीमा बिश्वकै अग्र पन्ति देशहरुको लाइनमा पर्छ । हाम्रो देश नेपालमा ७० प्रतिशत भन्दा बढी कृषिमा निर्भर रहेपनि नाम मात्रको कृषि प्रधान देश रहेको छ यता इजरायलमा हाराहारी २ प्रतिशत मानिस कृषि काम गर्छन जसले धेरै देशमा निर्यात गर्छ |

आशा गरौ देशले, नेपाली जनताले अनि कांग्रेसले नै भरोसा गरेका यी दुई नेताको इजरायल भ्रमण आफ्ना लागी मात्र नभएर देशका लागी अनि केहि नेपालमै गर्छु भन्ने युवाहरुका लागी मार्गदर्शन बन्नेछ |

अर्को तिर इजरायलमा सम्भवत पहिलो पल्ट होला, पुर्व मन्त्रि अनि युवाहरुले मन पराएका नेता यसरी अस्पतालमा थला परेकि एक बिरामी भेट्न गएको यो प्रवासी भुमिमा |

केहि दिन अगाडी इजरायलको रिसोन लिजियोन भन्ने ठाँउमा गाडीले ठक्कर दिएर केयर गिभर काम गर्दै आएकी झापा मेचिनगर १४, दुहागढिकी इन्दिरा खड्का गम्भीर घाइते भएर अस्पतालमा थला परेकी छिन भने उनले हेरचाह गर्ने ८८ बर्षिया वृद्धाको घटना स्थलमै मृत्यु भएको थियो | घाइते भएर थला परेकी खड्काको एक खुट्टा चल्दैन भने अन्य ठाउँमा पनि चोट लागेको छ यदपि उपचारको क्रममा रहेकोले चाडै निको हुनेकुरामा कुनै दुइमत छैन |

यसरी घाइते भएकि बिरामीलाई अस्पतालमै गएर भेट्नु, सोधी खोजि गर्नु अनि दूतावास संग यस्तो अवस्थामा हुन सक्ने र पर्न सक्ने स्थानीय कानुनी प्रावधानहरु बुझ्नुले अहिले इजरायलमा यी दुई नेताको आकार निकै बढाएको पाउन सकिन्छ |

इजरायललाई हात हल्लाउदै गर्दा नेता विश्व प्रकाश शर्माले आफ्नो फेसबुकमा लेखेका एक स्टाटसले यतिबेला सबैको ध्यान खिचेको छ भने सर्वत्र वाह र नेतामा हुनु पर्ने गुण इत्यादी भन्दै संजालमा धन्यबाद दिनेको ओहिरो लागेको देख्न सकिन्छ | राजनीति बहस अनि इजरायल भ्रमणको उदेश्य जे जस्तो भएपनि भबितब्य भएको घटना अनि यो समयमा नै संयोगले परेको भ्रमण पक्का पनि सम्झन लायकको बनेको छ नेताहरुका लागी अनि यहाँ रहेका नेपालीहरुका लागी पनि |

सामाजिक संजालमा नेता विश्व प्रकाश शर्माको फेसबुक स्टाटस ।

मेचिनगर १४, दुहागढिकी इन्दिरा खड्का यतिबेला इजरायलको अस्पतालमा छिन् | जेब्राक्रसमा मोटरले ठक्कर दिंदा उनले `केयर´ गरिरहेको एक इजरायलीको निधन भयो, उनी घाइते हुन पुगिन् | अस्पताल पुगेर हामीले स्वास्थको प्रगति बुझे पश्चात् नेपाली राजदुत निरन्जन थापासँग स्वास्थोपचार ,विमा लगायतको विषयमा छलफलपनि गर्‍यौं |

इस्ट होराइजन स्कुलमा कक्षा ८ मा अध्ययनरत छोरी इशाको बिशेष सम्झना गरिरहेकी इन्दिराजिको सिध्र स्वास्थलाभको कामना !!!

हुन त यो हाम्रा नेताहरुलाई संयोगले परेको एउटा प्रतिनिधि घटना मात्र हो, हरेक कार्यक्रममा नेताहरुले बोल्ने गरेका भाषण अमेरिकामा बसेर कफी खाएको नेपाल, कतारमा ५५ डिग्री घाममा बेल्चा चलाएको नेपाल अनि सिंह दरबारमा बसेर देश हाक्ने नेपाल अनि एक हप्तालाई कुनै कार्यक्रमले विदेश हानिदा आफ्नो परिवार, छोरी अनि सन्तानको सम्झनाका कुराहरु के भाषणमा मात्र सिमित राख्ने हो र अब ? कि यस्ता विचारहरुलाई कतारमा ५५ डिग्रीमा काम गर्ने सम्म पनि छुवाउने हो ?

नेताहरुले हरेक अन्तरक्रिया कार्यक्रममा भनिए जस्तै हो अब पक्का नेपाल बनाउने बेला भएको छ, हरेक दिन बाकसमा काठमाडौ झर्ने लासको अनुहार हेर्ने बेला भएको छ अनि ति सन्तानलाई जन्माउने आमाको आशु छुने बेला भएको छ | इजरायलमा भएका नेपालीहरुको तपाईहरु प्रतिको विश्वास अनि विदेश भ्रमणमा देख्नु भएको पहिलो, दोश्रो नेपालले पक्कै काठमाडौ सम्मको नेपाल संग दुरी छोट्याउने पुल तपाईहरु बन्नुहुनेछ |



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।