मलेसियामा नेपालीलाई ठग्ने ६ जना नेपाली पक्राउ, प्रतिव्याक्ति १ लाख देखि डेढलाख रुपैयाँ सम्म ठगेको खुलासा
क्वालालाम्पुर, साउन २५ । गैर कानुनी रुपमा मलेसियामा बस्दै आएका नेपाली कामदारलाई कानुनी कागजात बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मलेसियन प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ।

स्याङ्गजाका नेत्रबहादुर क्षेत्री नाम गरेका नेपालीसहित उनका ६ जना सहकर्मीलाई पक्राउ गरेको मलेसियन प्रहरीले जनाएको छ। गैर कानुनी रुपमा बस्दै आएका कामदार प्रतिब्यक्तिसँग उनीहरुले १ लाख देखि डेढलाखसम्म रुपैयाँ उठाएको पीडितहरुले बताएका छन्।
रकम उठाएपनि उनीहरुले कुनै पनि नेपालीलाई कागजात उपलब्ध गराएका थिएनन्।
नेपाली दुतावासकै ग्राउण्ड फ्लोरमा बसेर उनीहरुले ठग्दै आएको मलेसियामा रहेका नेपालीहरुले बताएका छन्। उनीहरुले ४० देखि ६० जनासँग रकम उठाएको खुल्न आएको छ।
उनीहरुको साथबाट एक जना इन्डोनेसियन महिला पनि पक्राउ परेकी छिन्।सेतोपाटीबाट


