ईन्द्रदल गुल्म म्याङलुङलाई हराउँदै फुटबल प्रतियोगिताको उपाधी संखुवासभाले चुम्यो
धनकुटा खबर / तेह्रथुम १ भदौ । तेह्रथुमको सदरमुकाम म्याङलुङमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित जिल्लाकै सर्वाधिक राशीको पुरुष फुटबल प्रतियोगिताको उपाधि मादी नगरपालिका, संखुवासभाले हात पारेको छ ।

म्याङलुङस्थित टुँडिखेल मैदानमा आज सम्पन्न फाईनल खेलमा ईन्द्रदल गुल्म म्याङलुङलाई ट्राइबेकरमा पराजित गर्दै मादी नगरपालिका, संखुवासभाले उपाधी चुमेको हो ।
निर्धारित समयमा दुबैटिम बाट एक एक गोल सहित बराबरी भएपछि ट्राइबेकरले खेलको निर्णय गरेको हो । ट्राइबेकरमा मादीका गोल रक्षकले २ वटा गोल रोकपछि संखुवासभाले उपाधीमा हक जमाएको हो । ईन्द्रदल गुल्मका गोल रक्षकले भने ट्राइबेकरमा एउटा गोल मात्र रोकेका थिए । यस अघि संखुवासभाले युक्यानडु तेह्रथुमलाई ट्राइबेकरमा हराउदै फाइनलमा पुगेको थियो भने इन्द्र दल गुल्मले भेट्रान्स म्याङलुङलाई २–० ले पराजित गर्दै फाईनलमा प्रबेश गरेको थियो ।
प्रतियोगिताको विजेता टिम संखुवासभाले नगद १ लाख २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेतामै चिक्त बुझाएको ईन्द्रदल गुल्म म्याङलुङले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
खेल सम्पन्न भएलगत्तै मेला तथा खेलकुदको समापन गर्दै बिजेता र उपबिजेता टिमलाई पुरस्कार आजै बितरण गरिएको आयोजक म्याङलुङ तम्फुला युवा क्लबका अध्यक्ष प्रविण मोतेले जानकारी दिनुभयो ।प्रतियोगितामा पुर्वका तेह्रथुमसहित पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाका ३८ वटा टिम सहभागी थिए ।


