यस्तो आयो साइप्रसमा मृत्यु भएकी २२ बर्षिया नेपाली चेली यमुनाको रिपोर्ट !

साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो ।गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् ।

अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो ।दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल नियुक्ति गरिसकेकी छन् ।वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।

यस्तो थियो मृत्युको खबर

साइप्रसमा एक नेपाली युवतीको निधन भएको छ । निकोसियामा कार्यरत रामेछाप जिल्ला घर भएकी २२ बर्षीय नेपाली चेली यमुना खपांगी मगरलाई आइतबार साझ परलिम्नी कप्परिस क्षेत्रमा रहेको स्विमिङ पुल नजिक बेहोस अवस्थामा भेटिएको थियो ।

उनि आफ्नो मालिकहरुसंग बिदा मनाउन त्यहा गएको न्यूजइनसाइप्रसले लेखेको छ । उनको पासपोर्ट नम्बर ०९०२८१८१ रहेको छ । बेहोस उनलाई स्विमिङ पूलबाट निकालेर तत्काल एम्बुलेन्समा राखेर नजिकैको अस्पताल फामगुस्ता जेनेरल हस्पिटल, पारालिम्नी मा लागिएको थियो ।

उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भए हो ।घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖