नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश
काठमाडौं, ९ भदौ । नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो।

नेपालको जितमा आकास बुढामगरले २, ब्रिजेस चौधरीले १ र बंगलादेशले १ आत्मघाती गोल गरेको थियो। ७३ औं मिनेटमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। नेपालले आइतबार फाइनलमा भारतको सामना गर्ने छ। आजनै हलचोकमा भएको अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ।


