१५ वर्ष मुनिको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित
काठमाडौं, ११ भदौ । १५ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतले नेपाललाई २–१ को गोल अन्तरले हराउँदै उपाधि चुमेको हो ।
खेलको पहिलो हाफमा पेनाल्टी मार्फत नेपालले गोल हानेको थियो । त्यसपछि खेलको दोस्रो हाफमा भारतले दुई वटा गोल हान्यो ।

