हावा र पानीबाट मात्रै तरकारी खेती

पर्वतका एक किसानले हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि (हाइड्रोपोनिकल सिस्टम) सुरु गरेका छन् । मोदी गाउँपालिका ५ अम्बोटमा विगत ५ वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारी खेती गर्दै आएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारी खेतीको गरिरहेका हुन् ।

दुईवटा फलामे स्ट्यान्डको सहारामा ३ मिटर लम्बाइ, ३ इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक ड्रम र सोलार प्लानसको सहयोगमा यो खेती गर्न सकिने हरिजनले बताए । भर्खरै सुरु गर्न लागेको यो प्रविधिबाट छिटो उत्पादन दिने साग, धनियाँ, मुला तथा लहरे तरकारी उत्पादन गर्न मिल्छ ।

करिव डेढ मिटर उचाइको स्टेण्डमा दुबैतर्फ ३–३ वटा पिभिसी पाइप अड्याएर ३० इन्चको फरकमा पारिएको प्वालमा प्लास्टिक कपलाई चिरेर तरकारीको बिरुवा रोपिन्छ ।

सोलारमा जडित सानो मोटरले ड्रममा रहेको पानी प्लास्टिक पाइपमार्फत बिरुवाको फेदमा पठाइन्छ । बिरुवामा बढी भएको पानी पाइपको माध्यमबाट ड्रममै पठाइन्छ । बिरुवालाई आवश्यक पर्ने खाद्यतत्त्व पानीमा मिसाएपछि दैनिक दुई घन्टा पर्ने सूर्यको किरणका कारण सोलारले पानीलाई बिरुवासम्म पठाउँदै बढी भएको पानी ड्रममै पठाउने काम गर्छ । यही चक्रीय प्रणालीबाट त्यहाँ लगाइएको तरकारी वृद्धि हुँदै जान्छ ।

एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने हरिजन बताउँछन् । ‘हरेक पाइपमा १० वटासम्म बिरुवा रोप्न मिल्छ,’ उनले भने, ‘करेसाबारी नहुनेहरूका लागि बढी उपयोगी हुन्छ ।’

१५ हजारको लगानीमा एउटा स्ट्यान्डमा सुरु गर्न मिल्ने यो प्रविधिको खेती १५ देखि २० वर्षसम्म टिक्ने उनले बताए । कान्तिपुर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।