साउदी अरेबिया र दक्षिण कोरिया विश्वकपका लागि छानिए, एसियाबाट चार टिमको टुंगो लाग्यो

काठमाडौं, भदौ २१ । दक्षिण कोरिया र साउदी अरेबिया आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।

एसियाली क्षेत्रको छनोटअन्तर्गत मंगलबार राति भएका खेलमा विजयी हुँदै दक्षिण कोरिया र साउदी अरेबियाले विश्वकपमा स्थान पक्का गरेका छन् ।

योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए ।

एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो ।

समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान पक्का गर्‍यो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ ।

जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा ईरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो ।

अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् ।

दुई लेगमा हुने उक्त खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ ।

रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म कुल ८ राष्ट्र छनोट भईसकेका छन् ।

यसमा साउदी अरेबिया, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।