धनकुटामा भीमनारायण गोल्डकप भोली देखि शुरु, हेर्नुहोस् को-को भिड्दैछन ?
धनकुटा खबर, भदौ २६ गते । धनकुटामा मंगलबारदेखि १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिता आयोजक समितिले आज पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक बिदेशी सहित ६ टिम रहेको जानकारी दिनुभएको छ ।
भुटानको बि.आर.सि, ब्वाईज युनियन काठमाण्डौं, विर्ता युनाईटेड झापा, वेलवारी एफ.सी. मोरङ, गोधुली क्लव सुनसरी र धनकुटा–११ प्रतियोगितामा सहभागि हुने आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिनुभयो ।
स्थानीय टुडिखेलमा हुँने उद्घघाटन खेलमा धनकुटा–११ र वेलवारी एफ.सी. आम्नेसाम्ने रहने , उपाधी बिजेताले १ लाख र उप–विजेताले ५० हजार नगद पाउँने , ०७३ सालमा सञ्चालन हुँनुपर्ने प्रतियोगिताको १३ औं संस्करण अहिले हुन लागेको प्रतियोगिताका प्रचारप्रसार बिभाग प्रमुख बिदुर खबासले जानकारी दिनुभयो ।
टुडिखेलको स्तरोन्नतीको काम पुरा नभएको र स्थानीय तह निर्वाचनका कारण खेल सञ्चालनमा ढिलाई भएको प्रतियोगिताका प्रचार बिभाग प्रमुख खवासले बताउनु भयो । प्रतियोगिताको फाईनल ३१ गते हुनेछ ।
समुह क मा धनकुटा, बेलबारी एफ.सि. मोरङ्ग ,ब्वाईज युनियन काठमाण्डौ रहेका छन् भने समुह ख मा बिर्ता युनाईटेड झापा ,गोधुलि क्लब सुनसरी, बि.आर.सि.भुटानले भाग लिएको बिभाग प्रमुख खबासले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।


