नेपालले भुटानलाई हराऊदै लगातार दोस्रो जित हात पार्यो, बलिङमा सन्दिपसँगै दीपेन्द्र पनि चम्किए

काठमाडौं, २८ भदौ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ५१ रनको लक्ष्य प्रस्तुत गर्यो, जसलाई नेपालले मात्र ८.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । सन्दिप सुनारले २१ रन बनाए । आशिफ शेख २३ र अनिलकुमार साह ४ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानका ब्याट्सम्यानहरु नेपाली बलरसामू निरिह देखिए । उसका लागि टासी फुन्सोले १६ र उर्गेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

भुटानलाई सस्तैमा समेट्ने क्रममा नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले २३ रन दिएका थिए ।

यस्तै सन्दिप लामिछानेले ४ विकेट हात पारे । निकै किफायती बलिङ गरेका सन्दिपले ७ ओभरमा ३ मेडल राख्दै मात्र ७ रन दिएर ४ विकेट लिएका हुन् ।

बुधबार बिहान मलेसियामा भएको खेलमा नेपालले कप्तान दीपेन्द्रसिंह ऐरीको ५ विकेटको मदतमा भुटानलाई ५० रनमै समेट्दै जित निकालेको हो ।

नेपालले भोलि मलेसियाको क्लव अमानमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।