१३ औं अन्तर्राष्ट्रिय भीमनारायण कप : बिर्तामोड युनाइटेड सेमिफाईनलमा

धनकुटा खबर, भदौ २८ । धनकुटामा जारी १३ औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाईनलमा बिर्तामोड युनाइटेड क्लव प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बिर्तामोडले गोधुली क्लव सुनसरीलाई टाइब्रकममा ४–१ गोल अन्तरले पराजित गदै सेमिफाईलन प्रबेस गरेको हो ।

खेलको खेलकोे २५ मिनेटमा गोधुलीका दार्जे तामाङ्गले गोल गदै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ६६ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गदै बिर्तामोडका कर्ण लिम्बुले गोल फर्काएपछि खेल बराबरी भएको थियो ।

टाईबेकरमा भने बिर्तामोडका चार खेलाडीले गोल गर्दा गोधुलीका दुई खोलाडिले गरेको प्राहार बिर्तामोडका गोल किप्पर रोकेका थिए ।

आजको खेलमा म्यान अफ द म्याच बिर्तामोडकै सुबिन लिम्बु भए । भोली हुने प्रतियागिताको पहिलो सेमिफाईलन खेलमा भोली क्लव ब्वाईज युनियन क्लवले बेलवारी फुटवल क्लबको समाना गर्ने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।