भीमनारायण गोल्डकपको फाईनलमा ब्वाईज युनियन
धनकुटा खबर, भदौ २९ । धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाईनलमा ब्वाईज युनियन कल्व काठमाण्डौ प्रवेश गरेको छ ।

बिहिबार भएको सेमिफाईनल खेलमा बेलबारी फुटवल क्लव मोरङ्गलाई १–० को अन्तरले हराउँदै ब्वाईज युनियन फाईनलमा प्रवेश गरेको हो ।
जीतका लगि ब्वाईज युनियनका नाईजेरीयन खेलाड िअबुवाकोनले खेल शुरु भएको ४ मिनेटमा गरेका गोल गरेका थिए ।
बाकी समय दुबै टिम वाट कुनै गोल हुन नसकेपछि ब्वाईज युनियन १–० बिजयी भएको हो । खेलको म्यान अफ दी म्याच समेत अबुवाकोन नै भए ।
भोली हुने दोस्रो सेमिफाईलन खेल अन्तरगत गत बर्षको बिजेता बिआसि भुटान र झापाको बिर्तामोड युनाइटेड फुटवल क्लब बीच खेल हुने आयोजक समितिका अध्यक्ष सम्भु प्रधानले जानकारी दिनुभयो ।


