मलेसियासँगको सेमिफाइनल खेलमा नेपाल १० विकेटले विजयी

काठमाडौं, ३१ भदौ । १९ वर्ष मुनिको एसीसी इस्टर्न रिजन क्रिकेट एसिया कप छनौट प्रतियोगितामा मलेसियासँगको सेमिफाइनल खेलमा नेपाल १० विकेटले विजयी भएको छ । मलेसियाले दिएको १२२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालले एउटा पनि विकेट नगुमाइ २३.१ ओभरमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि ओपनरद्वय सन्दिप र आसिफले १ सय २५ रनको साझेदारी गरे । सन्दिपले ७७ बलमा ५१ रन बनाए । उनले ८ चौका प्रहार गरे । यस्तै आसिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५० रन बनाए । यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई ४२ ओभरमा १२१ रनमा समेटेको थियो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपाली टोलीका कप्तान दिपेन्द्रसिंह ऐरीले ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट लिए । यो खेलसँगै नेपाल प्रतियोगिताको उपाधिका लागि अब सिंगापुर र हङकङबीचको बीजेतासँग खेल्ने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।